News

२० दिनदेखि बे’पत्ता पूजाकी आमाको अवस्था ग’म्भीर : एक युवाले ‘फेक’ आइडी बनाएर थप पी’डा दिदै ! प्रहरी प्रति परिवारको गु’नासो

गुल्मी । छोरी बे’पत्ता भएको दिनदेखि बि’रामी आमाको अवस्था ना’जुक बन्दै गएको छ । तर तिनै बे’पत्ता छोरीको एक युवाले फेक आइडी बनाएर थप पी’डा थपिदिएका छन् ।

घ’टना हो, गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल दोबाटाको । त्यस गाउँकी १७ वर्षीया पूजा अर्याल मङ्सिर १ गते विहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेको बताएका छन् । त्यसपछि उनको अवस्था अज्ञात छ ।

तर, उनै युवतीका नाममा एक जना युवाले फेसबुक आईडी बनाएर अनेकन लेख्दै पी’डा दिने गरेको परिवारका सदस्यहरुले बताएका छन् । जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र म’रणको दोसाँधमा छु भनेर लेख्ने गरेका छन् ।

उक्त आइडीबाट पूजाका बाबु नारायणप्रसादले अनेकन म्यासेजहरु आउने गरेको बताए । खोजतलासका लागि प्रहरीमा उ’जुरी दिएको यतिका दिन बित्दा पनि प्रहरीले खासै वास्ता नगरेको गु’नासो परिवारजनको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले आफूहरुले खोज तलासका लागि प्रयास भइरहेको बताए ।

Related Articles

Back to top button
Close