Video

मुक्तिनाथ पुगेर मन शान्त पारेका पलले भने, ‘दुख नभएको कसैको पनि जिवन हुँदैन’ (भिडियो हेर्नुस्)

काठमाडौं । दुख नभएको कसैको पनि जिवन हुँदैन । तर पनि हामी जिवनमा दुख नआओस् भन्न चाहन्छौं । मुक्तिनाथ पुगेपछि मैले मेरो मन शान्त भइरहेको छ । म सानो कुराहरुले पनि खुसी हुने मानिस हो । मुक्तिनाथ पुगेका नायक पल शाहले भनेको शब्द हो यो । फागुन ३० गते म यस्तो गीत गाउँछु २ हलमा रिलिज गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

तर अहिले विश्वब्यापी भएको कोरोनाको प्रभावका कारण नेपालमा पनि सरकारले भिडभाडका कार्यक्रम नगर्नु, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्नु भनेर अपिल गरेका कारण त्यो फिल्मको रिलिजको मिति सरेको छ । नायक पल शाह र नायीका पुजा शर्माको मुख्य भूमिका रहेको फिल्मको रिलिज मिति पर सर्ने भएपछि निर्माता सहित यो टिम मुक्तिनाथ मन्दिरको दर्शनका लागि पुगेको छ ।

निर्माता सुदर्शन थापाले सरकारको अपिलको मान्यता राख्दै फिल्मको रिलिज नगरेको बताए । उनीहरुले अहिले कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने कुरा निर्धारण नगरेको बताएका छन् । विश्वनै कोरोना मुक्त भएको दिन नै फिल्म रिलिज हुन सक्ने उनीहरुको भनाई छ । उनले कोरोनावाट नेपालीलाई मुक्तिनाथले बचाइराखेको र अझै पनि सबै नेपालीको रक्षा होस् र फिल्म सफल होस् भनेर आफुहरु मुक्तिनाथ पुगेको बताए । संगै रहेका नायक पलले विश्वनै कोरोना मुक्त होस् भन्ने कामना लिएर मुक्तिनाथ पुगेको बताए । उनीहरुको टिम पोखरा हुँदै मुक्तिनाथको दर्शनका लागि पुगेका थिए ।

पुजाले मुक्तिनाथ जतिवेला जाँदा पनि नयाँपनको अनुभव हुने बताइन् । उनले प्रत्येक फिल्म रिलिज हुने अघि मुक्तिनाथ पुग्ने गरेको बताइन् । पुजाले मुक्तिनाथको वाइसधारामा नुहाएको पनि बताइन् ।उनले यस अघि पनि प्राय फिल्मको रिलिज अघि पुग्ने गरेका कारण अहिले पनि मुक्तिनाथ पुगेको बताए । सुदर्शनले आफु यस अघि १० पटक पुगिसकेको बताए । पुजाले पनि यस अघि थुप्रै पटक मुक्तिनाथ पुगेको भएपनि उनले प्रेम गीत फिल्मको सुटिगंको लागि मुक्तिनाथ पहिलो पटक पुगेको बताइन् ।

उनले आफ्नो त्यो फिल्म सुपरहिट भएका कारण मुक्तिनाथ आफ्नो लागि निकै लक हुने बताइन् । त्यसैले पनि हरेक पटक फिल्म रिलिज हुनुपूर्व उनी मुक्तिनाथ पुग्ने गरेकी छन् । उनीमात्र होइन निर्देशक सुदर्शन थापा पनि हरेक फिल्मको रिलिज अघि मुक्तिनाथ पुग्ने गरेका छन् । त्यसैले उनको यो भ्रमण १० औं पटक पुगेको हो ।

Related Articles

Back to top button
Close