News

भोलि चैत्र ४ गते यी दुई जिल्लामा सार्वजनिक बिदा

काठमाडौं। चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

उक्त दिन कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु बिदा दिने निर्णय प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close