News

लुकाएको १० लाख थान मास्क भेट्टाएको प्रहरीले खाना पकाउने ग्याँस लुकाउनेहरुलाई पनि ठेगान लगाउने

काठमाडौं, चैत्र ३ । कोभिड–१९ को आडमा कालोबजारी गर्ने ठूलो गिरोहलाई नै प्रहरीले कानुनी दायरामा ल्याउन कारवाही प्रक्रिया अगाडी बढाइरहेको छ । शनिबार मात्रै प्रहरीले काठमाडौँका विभिन्न गोदाममा छापा हानेर ७८ हजार थान मास्क बरामद गरे लगत्तै आइतबार पनि विभिन्न ठाउँमा छापा हान्दा साँझसम्म ठूलो संख्यामा मास्क बरामद हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबारदेखि शुरु गरेको अभियानअन्तर्गत आइतबार साँझसम्म गरी १० लाख थानभन्दा बढी मास्क बरामद भइसकेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार काठमाडौंमा ग्यास सिलिन्डर र सेनिटाइजर लुकाएका गिरोहहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।खाना पकाउने एलपी ग्यासका सिलिन्डरदेखि मास्क र सेनिटाइजर समेत लुकाइएको र छिट्टै नै तथ्य सत्य बाहिर ल्याउने अभियानमा प्रहरी लागेको छ ।

A woman looking for her cylinder among the ones queued up for refilling near a gas depot, in Kathmandu, on Wednesday. Photo: Skanda Gautam/THT

Related Articles

Back to top button
Close