News

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीमा देखियो कोरोना

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पुर्चुगल पुगेका एक नेपालीमा कोरोना भएको पुष्टि भएको छ । चीनवाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वका प्राय सबै मुलुकमा आफ्नो प्रभाव देखाएको छ । कोरोनावाट कारण विश्वभर हालसम्म एक लाख ५९ हजार ८४४ जना स ङ्क्र मित भइसकेका छन् । भने ६ हजार बढीको निधन भइसकेको छ । चीनबाट फैलन शुरु गरेको कोरोनाले अहिले विश्व नै त्र सि त बनेको छ ।

नेपालमा हालसम्म कोरोना भएको पुष्टि नभएपनि विदेशमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा भने कोरोना भएको पुष्टि भएको छ । अहिले सम्म तीन जना नेपालीमा कोरोना भएको पुष्टि भएको थियो । यसैक्रममा पोर्चुगलमा काम गर्ने एक नेपाली पनि कोरोना भएको पुष्टि भएपछि यो संख्या ४ पुगेको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोनाभाइरस देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भएका कृषि मजदुर नेपाली नागरिक भएको बताइएको छ भने उनको नाम, उमेर गोप्य राखिएको छ । पोर्चुगलमा पनि हालसम्म २ सय ४५ जनामा कोरोना देखिएको छ ।

इलामको सीमावर्ती बजार सुनसान
सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रा सले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल पर्यटकहरु आवतजावत गर्न छाडेका छन् । प्रायः पसलका सटरहरु पनि बन्द नै हुने गरेका छन् । कोभिड–१९ को प्र को प फैलन सक्ने भन्दै भारतको पश्चिम बङ्गाल सरकारले सीमामा ‘सि ल’ गरेपछि इलामका सीमावर्ती बजारहरु सुनसान भएका हुन् ।

भारतीय पर्यटकको भीड लाग्ने पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका हुन् ।

भारत सरकारले आइतबार साँझसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना घर फर्कन थालेका छन् । पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् ।

पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको छ । अहिलेसम्म सात भारतीय नागरिकमा उच्च ज्वरो आएको देखिएकाले भारततिरै फर्काइएको छ । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सहायता कक्ष ‘हेल्प डेस्क’मा परीक्षण गराउँदा उनीहरुमा १०४ डिग्रीभन्दा माथि ज्वरो देखिएको थियो ।

पशुपतिनगरमा स्थापना गरिएको हेल्प डेस्कमा फागुन २२ गतेबाट हालसम्म सात हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ ।

दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ । त्रासकै कारण भए पनि बजार सुनसान बन्दा पसलको बैंकमा किस्ता तिर्न समस्या परेको व्यापारीहरुको भनाइ छ ।

Related Articles

Back to top button
Close