News

चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम

काठमाण्डौ, ३ चैत । युरोपका मुलुकमा म हा मा रीकै रुपमा फैलिएको कोरोना चीनमा भने घट्दै गएको छ । चीनवाटै सुरु भएको कोरोना भाइसर ९कोभिड–१९० अहिले युरोपका देशमा बढ्दै गएको छ । चीनमा भने प्रभावितको संख्या ह्वात्तै घटेको छ ।

चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्यान गएको छ भने ८० हजारभन्दा बढीमा रोग देखिइसकेको छ । तर पछिल्ला दिनमा कोरोना लागेका र ज्यान गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ । आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरस देखिएको थियो भने १४ जनाले ज्यान गुमाएका थिए ।

८० हजारभन्दा बढीमा कोरोना देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना ग म्भीर छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ हजार पाँच सय २१ पुगेको छ । एक लाख ६९ हजार ९ सय १५ जनामा भाइरसको विरामी पाइएको छ । चीनपछि इटलीमा धेरैले ज्यान गुमाएका छन् । इटलीमा एक हजार आठ सय ९ जनाको ज्यान गइसकेको छ । इरानमा पनि सात सय २४ जनाको ज्यान गइसकेको छ ।

पोखरामा गीतकार प्रतिष्ठान गठन
पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् ।

खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ । खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धो का दिई, सबको पिरतीमा दरबार हुन्छ’ लगायत गीत चर्चित छन् ।

त्यसैगरी समितिको उपाध्यक्षमा शीतल गिरी रहनुभएको छ । उहाँको ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीत निकै चर्चित छ । महासचिवमा अनुराग अधिकारी चयन हुनुभएको छ । उहाँको ‘नानीको चञ्चले बानीले बिगा¥यो, ‘कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन’ लगायत गीत चर्चित छन् ।

प्रतिष्ठानको कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरुमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन हुनुभएको छ ।

यसैबीच प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पँगेनी ‘शिव’, डा कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकारमा चयन गरिएको छ । प्रारम्भिक चरणको भेलामा उपस्थित गीतकारहरुमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारहरुलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न विधागत संस्थाहरु स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष खनियाले बताउनुभयो । उहाँले गीतकारको हकहितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्नेलगायत उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हुने बताउनुभयो ।

Related Articles

Back to top button
Close