Sport

‘भारतसँग अघिल्लो सागको बदला लिनेछौं’

नेपाली महिला फुटबलमा ‘गोलमेसिन’ का रुपले चिनिएकी छिन् सावित्री भण्डारी ‘साम्बा’ । नेपालको तर्फबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान हालै आफ्नो नाममा लेखाइन् । तर, गोलको भोक मेटिएको छैन उनमा ।

लुक्स र हेयरस्टाइल मात्रै होइन, ‘एटिच्युड’ पनि केटाको जस्तो भएकी सावित्रीलाई ‘साम्बा’ उपनाम दिने गरिएको छ । उनी पछिल्लो पाँच वर्ष नेपाली महिला फुटबलमा सबैभन्दा चर्चित नाम बनेकी छन् ।

लमजुङको पामचोक गाउँमा जन्मेर हुर्किएकी सावित्री सानो छँदा दाइहरुले मोजाको बल लात्ता हान्दै खेलेको देख्थिन् । एउटा सानो बलका लागि त्यतिका केटाहरु लड भिड गरेको देख्दा उनलाई रमाइलो लाग्थ्यो । एकदिन तिनै दाइको समूहको एकजना दाइले सोधे, ‘तिमी पनि खेल्ने ?’

सावित्रीले पनि आँट गरिन् । पहिलोपटक मोजाको फुटबल खुट्टाले हान्दा नै उनलाई गजब आनन्द आयो । अनि त दिनदिनै खेल्न थालिन् ।गाउँघरको काम उही त हो, घाँसदाउरा गर्ने, गाइवस्तु चराउने, स्कुल जाने । उनले सबै काम भ्याएर घर आइपुग्दा घाम अस्ताउनै आँटेको हुन्थ्यो ।

साम्बालाई कतिबेला गएर बल खेल्ने भनेर आतुरी पथ्र्यो । डुब्दै गरेको घामको वास्ता नगरी उनी कुद्दै जान्थिन्, दाइहरुको बीचमा ।‘स्कुलबाट घर आइपुग्दा मसँग खेल्न करिब १५ मिनेटमात्रै बाँकी हुन्थ्यो । तर, त्यही १५ मिनेटमा पनि खुब रमाएर खेल्थें,’ उनी सुनाउँछिन् ।

१/२ दिन तिनै दाइहरुसँग फुटबल खेल्दा कसैले केही भनेन । तर, जब उनी दिनहुँ त्यसैमा तल्लिन हुन थालिन्, गाउँघर, छिमेकीले उनको परिवारलाई ‘कान फुक्न’ थाले, ‘ओई ! तिमीहरुका छोरी बिग्रिन आँटी है । खाली केटाहरुसँग बल खेलेर बस्छे ।’

त्यतिबेला गाउँमा सबैभन्दा चर्चित थियो, मिस्टर युड नामको फुटबल । त्यही चाम्रो बल उनी केटाहरुसँग खेल्थिन् ।‘मलाई चाहिँ कसैले केही भन्थेनन् । तर, घरमा आएर मम्मी बाबालाई कुरा लगाउँथे,’ उनी भन्छिन्, ‘तर, उनीहरुको कुराले मलाई केही फरक परेन ।’

Related Articles

Back to top button
Close