News

कोरोना आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट आयो

काठमाडौँ, चैत ३ । कोरोना आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकमा कोरोना नदेखिएको पुष्टी भएको छ । कोरोनाको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ति २१ वर्षका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालका अनुसार ‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । उनले केही समय अगाडी दक्षिण कोरियाली नागरिकसँग एउटै कार्यक्रममा भाग लिएका थिए । यसैबिच को’रोनाका कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्द गरेको छ । सार्वजनिक यातायात सेवाहरू बन्द भएसँगै जनजीवन प्र’भावित बनेको छ । उता हवाई सेवा पनि २ साताका लागी प्र’तिबन्ध गरिएको छ ।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले सं’कट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा निर्देशन दिँदै आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दको घोषणा गरेका हुन् । संक्र’मणलाई थप फैलिन नदिन झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखीएका मध्ये २ हजार कामदार नेपाली रहेको नेपाली दुतावासले जनाएको छ । त्यस्तै बिहिबारदेखि ४ वटा कम्पनीका कामदारहरुलाई बाहिर निस्किन नदिइएको बताइएको छ ।

Related Articles

Back to top button
Close