Video

सीधाकुराको ‘स्टिङ अपरेशन’ – ७८ हजार माक्ससहित सात जना समातिए (भिडियो)

काठमाडौं, ०२ चैत । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०८ औं एपिसोड हो ।कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै, विभिन्न विषयमा सम्बन्धित निकाय तथा व्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना प्रहरी नियन्त्रणमा परेका छन् ।प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई नियन्त्रणमा लिएर लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ ।

उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिसकेको समयमा नेपाल सरकारले पनि यसबाट बच्न व्यक्तिगत सावधानी अपनाउन सबै नागरिकहरुलाई आग्रह गरिरहेको छ ।सरकारले बढी भीडभाड भएको ठाउँमा नजान, सभा सम्मेलनहरु नगर्न आग्रह गरिरहेको समयमा सार्वजनिक सवारी साधनको यात्रा अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ ।भिडियो यहाँ छ

Related Articles

Back to top button
Close