News

नुवाकोटमा पनि भुकम्पको धक्का महसुस

नुवाकोट, नुवाकोटमा केहिवेरअघि भुकम्पको धक्का महसुस भएको छ ।यो धक्का कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ गएको भूकम्प भूकम्पको धक्का रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।

भूकम्प पछी अधिकाम्स मानिसहरु घर बाहिर निसिएका थिए ।भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङ,चितवन , नुवाकोट आसपासमा महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन ।भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए ।गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

Related Articles

Back to top button
Close