News

कोरोनाबाट बाबुको मृ’त्यु, छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहे…

केरला, भारतमा कोरोना भाइरस संक्रमणबाट दुईजनाको मृ’त्यु भइसक्यो ।तीमध्ये दोस्रो मृ’त्यु केरलामा शनिबार भएको हो । जुन घ’टना निकै हृ’दयविदारक बन्यो । मृ’तकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा राखिएका थिए ।भारतीय मिडियाका अनुसार अदेलले आफ्नै बाबुको मृ’त्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको थियो ।

कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बा’ध्य भए ।कोरोना भाइरसको संक्रमण देखिएपछि वा शंका लागेमा जोसुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भ’र्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अ’न्तिम बि’दाइ गर्न पाएनन् । यस घ’टनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसोलेसन या’तना शि’विर हैन ।’

Related Articles

Back to top button
Close