News

जनकपुरमा फेरी चारजनाको श’का’स्पद निधन, दिनहुँ मानिसको निधन हुन थालेपछि बस्तीमा शो’क

जनकपुरधाम, २ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घ रेलु र क्सि से वन बाट ८ जना निधन भएको घ टना सेलाउन नपाउँदै फेरी थप चार जनाको निधन भएको छ । उनीहरुको निधनलाई शं कास्प द भनिएको छ । कतिपयले भने उनीहरुले पनि होलीको दिन रमाइलो गर्न घरेलु म दि रा खा एको बताएका छन् । जनकपुरमा करिब १० दिनको अवधीका त्यसरी निधन हुनेको संख्या १६ पुगिसकेको छ । जनकपुरधाम उप(महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शं का स्पद चारजनाको निधन भएको हो ।

निधन हुनेमा जनकपुरधाम उप(महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेको प्रहरीले जनाएको छ ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था समेत चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको छ । केही दिन यता जनकपुरमा दिनहुँ मानिसको निधन हुन थालेपछि बस्तीमा शो क छाएको छ ।

प्रादेशिक अस्पतालका जेनरल फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक रामदेव चौधरीले गत बुधबार होलीको दिन म दि रा से व न गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी दिए । बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले म दि रा से व न गरेको वडा अध्यक्ष जानकीराम साहले बताए ।

Related Articles

Back to top button
Close