News

पहिलो पटक नवजात शिशुमा पनि भेटियो कोरोनाको संक्र* मण

काठमाडौँ- बेलायतमा नवजात शिशुमा पनि कोरोना संक्र* मण भेटिएको छ । समाचारमा जनाइए अनुसार नवजात शिशुमा कोरोनाको संक्र* मण देखिएको यो घटना पहिलो भएको बताइएको छ । उक्त बच्चा जन्मनासाथ ज्वरोआएको र नतिजा पोजिटिभ आएको जनाइएको छ ।

चीनबाट शुरु भएको कोरोनाको संक्र* मण १४९ देशमा भेटिएको छ । कोरोनाकै कारण बिश्वभरमा ५ हजार ७९८ को मृ*त्यु भइसकेको छ । कोरोनाबाट १ लाख ५४ हजार हजार २७९ मानिस सं* क्रमित भइसकेका छन् । कोरोनाले अब युरोपमा महा*मारीको रुप लिन सक्ने डब्लुएचओले जनाएको छ ।

अन्य समाचार : धुर्मुस–सुन्तलीको सेन्टिभाइ* रसमा कोरोना प्रभाव काठमाडौँ – अभिनय कर्मलाई थाँती राखेर विकासे अभियन्ताका रूपमा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पछिल्लो समय बनाएको चलचित्र ‘सेन्टिभाइ* रस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ । यद्यपि सेन्टि भाइरसको आम्दानीको ५० प्रतिशत रङ्गशालामा लगाउने घोषणा धुर्मुस–सुन्तलीले गर्नुभएको छ ।पछिल्लो विकासे प्राजेक्टको रूपमा चितवनको रामपुरमा ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला’ बनाउँदै गरेका धुर्मुस–सुन्तलीको ‘सेन्टिभाइरस’ ले आशातित सफलता पाउन सकेन ।

हास्य कलाकार धुर्मुसले भन्नुभयो, “दर्शकको साथ भए पनि कोरोनाको महा* मारीले चलचित्रलाई नराम्रो असर पा¥यो ।” उहाँले चलचित्र प्रदर्शनीको दोस्रो हप्तासम्म राम्रो आम्दानी भए पनि त्यसपछि कोरोनाको प्रभाव देखिएको बताउनुभयो ।चलचित्रले दुई हप्तामा चार करोड रुपियाँ कुल आम्दानी गरेको दाबी उहाँको छ । उहाँले चलचित्र समीक्षकबाट समेत राम्रो प्रतिक्रिया र सहयोग पाउन नसकेको गुनासो गर्नुभयो ।उहाँले भन्नुभयो, “चलचित्रको विषयमा समीक्षा गर्नु उहाँहरूको अधिकार हो । पहिलो प्रयास हो, कमजोरी भए होलान् ।

आगामी दिनमा त्यो सुधार्नेछु ।” हाँस्य शृङ्खला मेरी बास्सैबाट लोकप्रियता कमाएका धुर्मुसले हास्यकलाकार दीपकराज गिरीका दुई चलचित्रमा काम गर्नुभएको थियो ।कृषि र पशुपालनमा समेत एक समय सहभागी बनेका धुर्मुस–सुन्तली २०७२ सालको भूकम्पपछि सामाजिक अभियानमा सक्रिय बन्नुभएको हो । काभ्रे र सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि घर बनाएका सीताराम–कुञ्जनाले धुर्मुस–सुन्तली फाउन्डेसन नै स्थापना गरेर तराईका मुसहर जातिका लागि घर बनाइदिएका थिए । सामाजिक अभियानका क्रममा अभिनय ओझल परेपछि धुर्मुस–सुन्तलीले अभियान र अभिनय सँगसँगै लैजाने प्रयासको थालनी गर्नुभएको थियो । त्यही प्रयासमा रूपमा सेन्टिभाइरस निर्माण गरिएको थियो । चलचित्रमा धुर्मुस–सुन्तलीको अभिनय रहेको छ । उहाँले अबको २२ महिनामा रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पेसाको निरन्तरताका लागि चलचित्रमा अभिनय गरेको । समाजसेवा भनेको त मनको आनन्द हो, यसलाई कहिल्यै छोड्न सकिँदैन ।” उहाँले चलचित्रको नाम ‘सेन्टी’ भए पनि दर्शकलाई चाहिँ हँसाउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक अभियानमा लागिरहेकै बेलामा चलचित्रमा फर्किन गाह्रो भएको अनुभव कुञ्जना घिमिरेको छ । कलाकार कुञ्जनाले दर्शकमा रङ्गशालाप्रति अपनत्व महसुस गराउन पनि रङ्गशालाको निर्माण र चलचित्र अभिनयलाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक, स्रोतालगायत सबैको सहयोगले रङ्गशाला बन्दैछ, पहल हामीले ग¥यौँ, सहयोग सबैको हो ।”

उहाँले आफूहरूलाई पीडा हुँदा रूने ठाउँ नै दर्शक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मनको भावना पोख्नका लागि दर्शकको काख नै त चाहियो नि होइन र ?” उहाँले जनताको पैसाबाट चलचित्र बनाएको भन्ने आरोपसमेत आपूmले खेपेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनबाट सेन्टिभा* इरस नबनेको स्पष्ट पार्नुभयो ।पारिवारिक तथा राजनीतिक विषयवस्तु समेटेर बताइएको चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको छ । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शङ्कर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको सङ्गीत छ । सेन्टिभा* इरस फागुनको ९ गतेबाट प्रदर्शनमा आएको थियो । गोर्खापत्रमा खबर छ ।

Related Articles

Back to top button
Close