Entertainment

अभिनेत्री आलियाको आज जन्मदिन, कति बर्षकी पुगिन् ?

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको आज जन्मदिन परेको छ । भारतको मुम्बईमा जन्मिएकी आलियाले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् । चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी आलिया पछिल्लो समय बलिउडकी नम्बर वान अभिनेत्रीमा गनिन्छिन् ।

सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयर बाट बलिउडमा पाइला चलेकी आलियाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । अब भने उनी फिल्म सडक २, गंगुबाई कथिवाडी, ब्रह्मास्त्र र आरआरआरमा देखिदैछिन् ।

Related Articles

Back to top button
Close