News

कोरोनाभाइरसका कारण कतारमा रहेको नेपाली दूतावास बन्द

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोनाको भाइरस (कोभिड १९) को सं क्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ ।

साथै, पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृ तकका श व पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ । कतारले कोरोनाको सं क्रमणको फैलन नदिन अस्थायी रुपमा शैक्षिक संस्था, रेष्टुरेण्ट तथा क्याफेहरू समेत बन्द गरेको दूतावासको सूचनामा उल्लेख छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको सं क्रमण देखिएको छ ।

दूतावासले नेपालीलाई सूरक्षित रहन विभिन्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ । कतारमा चार लाख भन्दा बढी नेपाली नागरिक रहेको बताईन्छ । यता कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।

सतर्कता अपनाउन कतार स्वास्थ्यमन्त्रालयको आग्रह

कोरोनाभाइरस सं क्रमितको संख्या बढ्न थालेपछि कतारले पुर्वसतर्कता अनुरुप आज शुक्रबारबाट लागु हुनेगरि चलचित्र हल, जिमहल, विवाहपार्टी लगाएतका सार्वजनिक स्थलहरु बन्द गर्ने घोषणा गरेको छ। भाइरसको झोखिम पाका उमेरका बृद्धवृद्धालाइ धेरै हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ।

कतारको दोहा धेरै जनघनत्व भएको क्षेत्र भएकाले त्यस्ता अत्यधिक भिडभाडमा हुने ठाउँमा नजान कतार सरकारले अनुरोध गरेको छ। कोरोनाभाइरस सम्बन्धि कुनै गुनासो भए पैसा नलाग्ने टोल फ्री नम्बरमा नं. १६००० मा फोन गर्न सकिन्छ।

Related Articles

Back to top button
Close