News

हार्दिक बधाई ! हिमेश पन्तले जिते कमेडी च्याम्पियन, २५ लाख नगद र कार उपहार

काठमाडौँ, १ चैत्र । हिमेश पन्त चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का बिजेता बनेका छन् । च्याम्पियन बनेसंगै उनले नगद २५ लाख रुपैया र डट्सन रेडी गोको कार प्राप्त गरेका छन । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट तिनले वोर्ल्ड टुरको अवसर समेत पाएका छन ।

केहि हप्ता अगाडिको एउटा प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा खैलाबैला भएको थियो । जहा पन्तले कमेडीमा प्रस्तुत गरेको केहि शब्दले विवादमा तानिएका थिए।

१६ औं एपिसोडमा हिमेशले अन्धविश्वासी वैज्ञानिकको रुपमा प्रस्तुति दिएका थिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अपमान गरेको भनेर आपत्ति जनाइएको थियो। हिमेशले वैज्ञानिकले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर यसरी व्यंग्य गरेका थिए ।

उनले बोलेको डाईलग थियो – ‘भगवान राम साइन्टिस्टको पनि बाउ हो के । सीतालाई आगोमा हालेर जूठो कि चोखो पत्ता लगाइदे । तर किन यत्रो तमासा टन्न रक्सी खुवाइदिएको भए साँचो बोलिहाल्थिन् नि ।’

Related Articles

Back to top button
Close