News

दुई सातासम्म सार्वजनिक बिदा !

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ । नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड(१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो ।
१७ हजार ८ सय १८ वर्ग्किलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन् । कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन् ।

त्यस्तै कुवेत सरकारले कोरोना भाइरसका कारण शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सिटी अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान आजबाट बन्द रहनेछन् ।

Related Articles

Back to top button
Close