Entertainment

पलले आँचललाई साथीबाट हटाइदिएपछि आँचलले फेरी आफ्नो प्रोफाइल पिक्चर

काठमाडौँ, चैत १ । युवा पुस्ताका माझमा लोकप्रियता कमाएका अभिनेता पल शाहले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफ्नी मिल्ने साथी आँचल शर्मालाई अनफलो गरेका छन् । लामो समयदेखि एकसाथ चलचित्रमा काम गर्दै आएको यो जोडीले एक अर्कालाई मिल्ने साथीको रुपमा परिचय गराउँदै आएका थिए ।

जब नायिका आँचलले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कसिन् त्यसको लगत्तै पलको इन्स्टाबाट आँचल हटेको बुझिन्छ । आँचल बिहीबार मात्र वैवाहिक जीवनमा बाँधिएकी हुन् । एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले विवाह गरेसँगै पलले आँचललाई आफ्नो इन्स्टाग्रामबाट हटाएसँगै पलको यो समाचार ट्रेण्डिगंमा आइरहेको देख्न सकिन्छ ।

पलले नायिका आँचललाई अनफलो गरेसँगै उनले इस्टामा फलो गर्नेको संख्या ७ छ । यसैबिच नायिका आँचल शर्माले विबाह गरे लगत्तै आफ्नो इस्टाग्रामको प्रोफाइल पिक्चर फेरेकी छिन् । आँचलले प्रोफाइलमा पति उदिप श्रेष्ठ र आफ्नो तस्विर अपलोड गरेकी छिन् । आँचलको वैबाहिक समारोहका यि तस्विरहरु हेर्नुहोस्

Related Articles

Back to top button
Close