News

आज र भोलि मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

आज नेपालका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायूको प्रभावका कारण आज देशको उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, चैत २ गतेपनि मेघ गर्जनसहित पानी पर्ने छ ।

पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। यस्तै, चैत ३ गते अर्थात सोमबारदेखि पश्चिमी वायूको प्रभाव कम हुँदै जाने र मौसमा पूर्ण रुपमा सुधार आउने महाशाखाले जनाएको छ।

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् । घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button
Close