News

मेसिन चलाउन नजान्दा मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ शुरु भएन-हाकिमहरु भने अर्को मेसिन किन्नुपर्छ भन्दै विदेश घुमेर आए !

गत साउन २२ गते देशभरका सञ्चारमाध्यमहरुमा यो समाचार प्रकाशित भएपछि महिनौँदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिक्षामा रहेका लाखौँ नेपाली आशावादी बने – बल्ल हातमा स्मार्ट लाइसेन्स पर्ने भयो । समाचार प्रकाशित भएको झण्डै चार महिना बितिसकेको छ । न त मास प्रिन्टरले लाइसेन्सको छपाइ नै सुरु भएको छ न त प्रतिक्षारतको हातमा लाइसेन्स नै पुगेको छ ।

अहिले आएर फेरि भनिदैछ – स्मार्ट लाइसेन्स छाप्ने मेसिन चलाउने दक्ष जनशक्ति नभएको कारण मेसिन यतिका समयसम्म थन्केर बस्नुपर्यो । बल्ल त्यसलाई आवश्यक जनशक्तिलाई तालिम दिइदैछ । तर, यातायात व्यवस्था विभाग र मन्त्रालयका हाकिम ‘साब’हरु भने यसअघि नै यही मेसिन कसरी काम गर्छ भनेर ‘अवलोकन’ गर्नका लागि युरोप सयर गरेर आइसके । एक टोली इटालीदेखि स्वीटजरल्याण्डसम्म मेसिन सञ्चालनको अवलोकन गरेर नेपाल फर्किसके पनि विभागमा मेसिन चलाउने कोही भएन ।

सरकारले सुरुमा मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स ल्याउने र छपाउने सम्झौता गरेको थियो । तर उक्त कम्पनीले अपेक्षाअनुरुप काम गर्न सकेन । पछि यही कम्पनीलाई अर्को ठेक्का दिएर दैनिक धेरै प्रिन्ट गर्नसक्ने मास प्रिन्टर ल्याइयो । तर भदौ १ गतेदेखि नै व्यवसायिक उत्पादन गरिसक्नुपर्ने मास प्रिन्टरले पनि औपचारिकरुपमा स्मार्ट लाइसेन्सको उत्पादन थालिसकेको छैन ।

गत सोमबार ‘ट्रायल’का लागि मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ गरिएको भएपनि यस प्रिन्टरबाट औपचारिक र व्यवसायिक उत्पादन भने मंसिर २२ गते लाई नयाँ ‘भाका’ राखिएको छ ।

भदौ १ गतेबाट यस प्रिन्टरबाट छपाइ सुरु हुनुपर्ने भएपनि निर्धारित समयभन्दा साढे तीन महिनापछि मात्रै छपाइको सुरुवात गर्न सक्यो । किनभने यो प्रिन्टर चलाउन दक्ष जनशक्ति नै नेपालसँग थिएन ।

प्रिन्टरको सप्लाई गर्ने मद्रास सेक्युरिटी प्रिन्टर्ससँग समेत अहिले ल्याइएको इटालियन मेसिनको प्रयोगबारे जानकारी थिएन । जसका कारण नेपाली कम्प्युटर अपरेटरहरुलाई छपाइबारे सिकाउन करिब २ महिना लाग्यो ।

Related Articles

Back to top button
Close