News

कोरोनाको कारण ‘कतार आइडी’ सकिएर पनि कतार जान नपाएकाहरुलाई अर्को भिसा नचाहिने

पछिल्लो समय कतारमा कोरोनाभाइरसबाट सं क्रमन हुनेको संख्या तिव्र रुपले बढ्न थालेपछि कतार सरकारले नेपालीसहित अन्य १४ वटा देशबाट यात्रा नागरिकलाइ प्रवेश नि’षेध गरेको छ। कतारमा हालसम्म कोरोनाभाइरसबाट सं क्रमण हुनेको संख्या २६२ भएको पुष्टि भइसकेको छ।

कोरोनाभाइरसका कारण कतार जान नपाइ कतारी ‘आइडी कार्ड’को म्याद सकिएकाहरुलाई निषेधाज्ञा हटेपछि पुनः कतार प्रवेशमा रोक नलगाउने कतार सरकारले जनाएको छ।

कतारको नियम अनुसार आइडीको म्याद सकिए अथवा देशबाहिर ६ महिना भन्दा धेरै बसेको खण्डमा कतार प्रवेशगर्न पुनः अनुमति ल्याउनुपर्ने व्यवस्था छ। यद्यपि, कोरोना भाइरसकै कारण रोकिएकाहरुलाई भने पुरानै डकुमेन्टको आधारमा यात्रा गर्न पाइनेगरि सरकारले सहुलियत दिने भएको छ ।

कोरोनाभाइरसको अति जो खिम मुलुकलाइ कतारले अस्थाई रुपमा प्र’तिबन्ध लगाएको थियो। कतारले नेपालसहित, भारत, चीन, बंगलादेश, इजिप्ट, इराक, इरान, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिन कोरिया, श्रीलंका र थाईल्याण्डमाथि अस्थाई प्र’तिबन्ध लगाएको छ।

खाद्यनको समस्या नहुने

कोरोना भाइरसको त्रासका कारण बजारमा खाद्यबस्तु खरिद गर्नेको संखय बढेपछि कतार वाणिज्य तथा उद्योग मन्त्रालयद्वारा खाद्यानको विषयलाइ लिएर त्रसित नहुन अनुरोध गरेको छ। कतारलाइ लामो समस्य सम्म पुग्ने खाद्यान कतारमै संचित रहेकाले जथाभावी खरिद नगर्न मन्त्रालयले भनेको छ। अभाव हुने डरले अधिक मात्रामा खरिद गरिएका बस्तु प्रयोग नहुने भएकाले धेरै बस्तु एकै पटक खरिद नगर्न सरकारले भनेको हो ।

कामदार बस्ने ठाउँ परिक्षण गरिने

कतारमा कार्यरत अपर्वासी कामदार बस्ने ठाउँको परिक्षण गरिने भएको छ। कोरोनाभाइरसबाट बच्न कत्तिको सतर्कता अपनाईएको छ छैन भन्ने विषयमा कतार प्रशासनिक, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हरेक लेबर क्यामको निरक्षन गर्ने जनाएको हो । कतारमा एउटा क्याम्पमा सयौंको संख्यामा कामदार बस्ने भएकाले कोरोना भाइरसको जोखिम उच्च हरेको छ। मन्त्रालयले मस्जिद, मेसहाल जस्ता भिडभाड हुने ठाउँमा अधिक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Related Articles

Back to top button
Close