News

आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ। आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि आइ चाँदीको मूल्य ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

यो पनि, विदेशी मुद्राको बिनिमय दर : शुक्रबार अमेरिकी डलर सँगै सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्र बार अमेरिकी डलर एककोे खरिद दर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०६ रुपैयाँ ५४ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको थियो। मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ ।

हिजो पनि खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८९ पैसा तोकेको छ ।

हिजो खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा रहेको थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ४७ पैसा र बिक्री दर ३१६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा रहेको थियो ।

Related Articles

Back to top button
Close