News

डाक्टरलाईकरणीपछि ज:ला:उने चार जनालाई प्रहरीले गर्यो इ’न्का’उन्टर (भिडियोसहित)

भारतको हैदरावादमा करणीपछि ह त्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले इ’न्का’उन्टर गरेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति करणी गरेर मा:रिको थियो। समाचारमा जनाइएअनुसार हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, ‘शुक्रबार बिहान ३ बजे चारै जनाको एक मु’ठभे’डमा निधन भएको हो। चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो।’

२७ नभेम्बरमा एक भेटनरी डाक्टरको करणी गरी चार युवकहरुले शरीर ज’ला’इदिएका थिए। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई रि’क्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गो ली च लाएको जनाइएकाे हो ।

महिला डाक्टरले एक टोल प्लाजामा आफ्नो स्कूटी पार्क गरिन् र केही कामका लागि निस्किन् । काम सकेर फर्किदा उनको स्कूटी पन्चर थियो ।

उनले स्कूटी त्यही राखेर ट्याक्सीमा घर फर्कने निर्णय गरिन् । यति बेला रातको ९ बजेको थियो । उनले आफ्नो बहिनीलाई यसको जानकारी गराइन् । उनले बहिनीलाई आफूलाई सडकमा एक्लै डर लागिरहेको पनि बताइन् । अचानक केही मानिसहरु देखिए र उनलाई स्कूटी बनाइदिने भन्न थाले ।

युवतीले फोनमा बहिनीलाई एक ट्रक ड्राइभरले स्कूटी बनाइदिने भनेको जानकारी गराइन् । ट्रक ड्राइभरसँग स्कूटी बनाउने कुरा इन्कार गरेपनि उनले युवतीको पिछा गर्न छोडेनन् । त्यसपछि युवतीले बहिनीलाई केहीबेरमा फोन गर्ने भनिन् तर त्यसलगत्तै उनको फोन स्वीच अफ भयो । त्यसपछि परिवारका सदस्य उनलाई खोज्न आए नभेटेपछि प्रहरीलाई खबर गरियो ।

केही दिनपछि एक निर्माणाधिन पुलको तल आधा ज लेको अवस्थामा एक युवतीको श व भेटियो । युवतीको परिवारले श वको सनाखत गरे । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भयो । घटनापछि प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आ धा ज लेको अवस्थामा भेटिए। प्रियंका ह त्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि ति अपराधिलै लाई फा:सीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए।

Related Articles

Back to top button
Close