Entertainment

इस्टाग्राममा चर्चामा नायिका अदिति बुढाथोकीका तस्बिर (फोटो फिचर)

नेपाली मेघा स्टारको उपमा पाएका लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनलाई ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।

‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् । उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरू प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिति झनै इस्टाग्राममा खुलेकी छिन् । सामाजिक सञ्जालमा भाइरल बनेका अदितिका यी तस्बिरहरू हेर्नुहोस्

Related Articles

Back to top button
Close