News

बुटवलमा एक जना कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

बुटवल,बुटवलमा कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवालाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले पुष्टि गरे। डा. थापाका अनुसार ती युवामा कोरोना भाईरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्। ‘कडा किसिमको निमोनिया देखिएको छ। कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्’, उनले भने, ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ।

भोलि शुक्रबार हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौँ।’ ती युवा केही समयअघि विदेशी नागरिकहरु समेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए। विदेशी नागरिकबाट उनमा संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। उन लाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा. थापाले बताए।

Related Articles

Back to top button
Close