News

सांसदहरुले भने, ‘स्कुल, कलेज र सार्वजनिक यातायात बन्द गरौं’

काठमाडौँ, २९ फागुन । सांसदहरुले स्कूल कलेज र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् । विहिवारको प्रतिनिधि सभा वैठकमा कोरोना भाइरस ९कोभिड९१९०को सं क्रम ण फैलिनु पहिल्यै सचेतताका कदम चाल्न यस्तो गर्नुपर्ने सुझाव सांसदहरुले दिएका हुन् । बैठकको शून्य समयमा सांसदहरूले संसद्, विद्यालय र सार्वजिनक यातायातमा रो क लगाउन आग्रह गरेका हुन् ।

भारतमा समेत कोरोनाका कारण मानिसको निधन हुन थालेपछि सतर्कता अपनाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले कोरोना सं क्रम ण फैलिनुपूर्व नै अत्यावश्यक कदम चाल्नुपर्ने माग राखे । कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्‍न नसक्ने भएकाले सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भन्दै सं कट काल समेत घोषणा गरिसकेकाले नेपालले पनि विशेष सतर्कता अपनाउनुपर्ने सांसदहरुको भनाई छ । सांसद प्रधानले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै एक्सनमा आउनुपर्ने सुझाव दिएका थिए।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना सं क्रम ण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्‍मै जोखिम हुने बताइन्। उनले अरु देश पूर्वतयारीमा लागेका बेलामा नेपालमा भने सचेतना अपनाइएको भन्दै गुनासो गरिन्र । हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेका छन्,ु उनले भनिन्।

सांसद रंगमती शाहीले ताक्लाकोटमा रहेका दार्चुला, बझाङ र हुम्लाका स्थानीयलाई उद्धार गर्न माग गरेकी छन्। कोरोनाको डरले चीनको ताक्लाकोटबाट १४८ जना नेपाली फर्किन चाहे पनि हुम्ला प्रशासन र गृहमन्त्रालयले कुनै पनि पहल नगरेको उनको भनाइ थियो। ४ जना गर्भवती रहेको उल्लेख गर्दै उनले सरकारले तत्काल कदम नचालेमा हुम्लाका जनता रोग र भोकले मर्ने अवस्था आउने बताइन्।

कोरोना प्रकोपले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक घटेको अवस्थामा नेपालमा भने उपभोक्ताले उच्च मूल्य तिर्नुपरेको राजेन्द्र केसीको भनाइ थियो। ुपेट्रोलियम पदार्थको मूल्य विश्वमा व्यापक घटेको अवस्थामा नेपालमा भने त्यसो हुन सकेको छैन। पेट्रोलियम पदार्थको मूल्य बढ्दा हप्तामा ३ पटकसम्म बढाउने नेपाल आयल निगमले मूल्य घट्दा महिनौंसम्म पनि किन समायोजन गर्दैन रु

सांसद रामबहादुर विष्टले बजारमा स्यानेटाइजर, मास्क लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि गरिएको भन्दै सरकारले तत्काल यसमा रोक लगाउनुपर्ने धारणा राखेका थिए। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा वर्षौंदेखि अड्किएका निजामती कर्मचारी र नागरिकतासम्बन्धी विधेयक तत्काल अगाडि बढाउन सांसद रामबाबुकुमार यादवले माग गरेका थिए। उनले ती विधेयक समितिबाट अगाडि नबढ्दा प्रदेश सरकारहरूले कर्मचारी भर्ना गर्न नसकेको र सयौं व्यक्ति नागरिकताविहीन भएर बस्नुपर्ने अवस्था आएको बताए।

Related Articles

Back to top button
Close