News

नेपालगन्जको सिमाना लखनउमा कोरोना भएको पुष्टि: भारतले सीमामा कडाइ, नेपाल तर्फ भने भगवान भरोसा

काठमाडौँ, २९ फागुन । भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भाइरसको सं क्रम ण देखिएको छ । यो सिमाना बाँकेको नेपालगन्जवाट निकै नजिक पर्छ । बाँकेको सिमानामै कोरोनाको सं क्रम ण देखिएपछि नेपाल–भारत सीमामा कडाई गरिएको छ । बाँके, वर्दिया लगायत तत्कालिन मध्यपश्चिम क्षेत्रवाट खाद्यान्न खरिद गर्न र औषधी उपचारका लागि जाने प्रमुख वजार लखनउ हो । लखनउ सम्म नेपालीहरु किनमेलका लागि दिनहुँ जाने गरेका छन् ।

जमुनाहा स्थित सिमानावाट आवत जावत हुने सो नाकामा विशेष निगरानीको तयारी गरिएको बाँके प्रशासनले जनाएको छ । क्यानडाबाट लखनउ आएकी एक महिलामा कोरोना भाइरसको सं क्रम ण पुष्टि भएको हो । नेपालसंगको सिमानामा नै कोरोना सं क्र मित भेटिएपछि सिमा आसपासका नेपाली बजारमा विशेष सतर्कता अपनाउनु पर्ने देखिएको हो । सीमामा आवतजावत गर्नेमा भारत सरकारले कडाइ गरेको हो ।

सीमा नाकामा हाल हेल्थ डेस्क राखेर भारतले जाँच गरिरहेको छ भने सामान्य ज्वारो आएकामाथि पनि परीक्षण सुरु गरेको छ । उत्तर प्रदेशमा नै कोरोना देखिएपछि अहिले सीमाबाट थप सं क्रम ण फैलन सक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ । अब सिमाना वारपार गर्नका लागि भारतले नयाँ नियम लागू गर्ने भएको छ ।

छलफलसकिएसँगै भाइरसका सन्दर्भमा थप नयाँ नियम र ट्राभल एड्भाइजरी जारी गर्ने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भाइरससम्बन्धी नयाँ नीतिका वारेका जानकारी दिन केही वेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । भारतले सतर्कता अपनाउँदै कडाई गर्दा नेपाल तर्फ भने चासो नराखिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

Related Articles

Back to top button
Close