Video

कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा ( भिडियो हेर्नुहोस् )

काठमाडौं २८ फागुन / पछिल्लो केहि समय एता इन्द्रेणी कार्यक्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि कार्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो स-परिवार सहित पहिलोपटक मिडियामा आएका छन।

दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृतिको उजागर भएको छ।

कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन। केहि दिन एता कृष्ण कंडेल का दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोपटक श्रीमती र छोरा एक साथ् हामीले लिएर आएका छौ।

बिबाह जीवन पछि लामो समय श्रीमती र छोरालाई समय दिन नसक्दाको पिडा समेत उनले पहिलोपटक मिडिया मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक बनाउने तिर लागेका छन। हेरौ यो बिशेष कुराकानी :

Related Articles

Back to top button
Close