News

चार सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । कीर्तिमान कायम गरेर सुनको मूल्य ओरालो लागेको छ । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।मंगलबार ८२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुनको मूल्य तोलामा ८२ हजार सात सय रुपैयाँ पुगेर ओरालो लागेको हो ।तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close