Entertainment

राजेश हमाल र निखिल उप्रेतीले एउटै फिल्म गर्दै, यस्तो छ तयारी

काठमाडौं / नेपाली चलचित्रका खम्बा विगत दुई दशकदेखि निरन्तर फिल्मी क्षेत्रमा राज गरेका महानायक राजेश हमाल पछिल्लो समय फिल्ममा देखिएका छैनन् । तर उनलाई फिल्मको अफर आइरहेको छ ।

हालै उनलाई निखिल उप्रेतीले निर्देशन तथा अभिनय गर्ने फिल्म ‘आयो भैरव’को अफर गरेका छन् । उनले यस विषयमा हमालसँग कुराकानी गरिसकेका छन् । तर हमालले फिल्म खेल्ने नखेल्ने निर्णय दिएका छैनन् ।

हमालको पछिल्लो फिल्म ‘बागमती’ र ‘सकुन्तला’ फ्लप भएपछि राम्रो स्क्रिप्टको पर्खाइमा रहेको बताइएको छ । निखिलको फिल्म ‘आयो भैरव’मा राजेशको सशक्त भुमिका रहेको बुझिएको छ । तर पनि हमालले फिल्म खेल्ने निर्णय लिन हत्तार गरेका छैनन् ।

चलचित्र पिंजडाबाट एक्सन स्टारको रुपमा उदाएका नायक निखिल उप्रेतीको एक समय छुट्टै क्रेज थियो, निखिलको एक्सन हेरेर उ जमानामा धेरै एक्सनको सुरुवात गरेका थिए ।

तर एकाएक नायिका संचिता लुइँटेल सँग दोस्रो विवाह गरेर गुमनाम बनेका उप्रेती केही बर्ष यता आफ्नै निर्देशनमा चलचित्र निर्माण गरिरहेका छन् ।

Related Articles

Back to top button
Close