News

बाँकेको कोहलपुरमा टिप्परको ठक्करबाट एक महिलाको निधन, घटनास्थलमा तनावग्रस्त (फोटो फिचर)

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको निधन भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउँदा निधन भइसकेको थियो । मृतक तरकारी व्यवसायी रहेको खुलेको छ । ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ । दुर्घटनालगत्तै घटनास्थल पुगेर मृ’तकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । घटनास्थलमा देखिएका तस्विर तल हेर्नुहोस

Related Articles

Back to top button
Close