News

पहिलोपटक ओलीको यो ठाडो निर्देशन पछि काठमाण्डौ हुदैछ ठुलो परिवर्तन !

काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ ।

कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक, काठमाडौँ महानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख उत्तर रेग्मीलगायतका सदस्य रहनुभएको छ ।

कार्यदलले केही समयभित्रैमा काठमाडौँका सबै सडकको अवस्था बुझेर अब सरकारले गर्नुपर्ने कामको योजना बनाउने सडक विभागका निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । विभिन्न सडकमा पैदलयात्रु मार्ग (फुटपाथ)को अवस्था, आकाशेपुल, सडक बत्ती, सडक पार गर्ने ठाउँ(जेब्राक्रसिङ) लगायतका पूर्वाधारका बारेमा अनुगमन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक र त्यहाँ रहेका पूर्वाधारको अवस्थाका बारेमा समग्र जानकारी लिएर त्यसकै आधारमा अघि बढिनेछ ।”

सडक निर्माण र सुधारका क्षेत्रमा कार्यरत वा सडकसँग प्रत्यक्ष वा परोक्ष सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदलले सडक सुधारका लागि कार्ययोजना बनाउने बताइएको छ । सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि रहेका कानूनीलगायतका अवरोधसमेत हटाउने योजना छ । कार्यदलमा रहेका निकायहरुले आगामी दिनमा कसले के गर्ने भन्नेसमेत तय हुने निर्देशक सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी केही दिनदेखि नै स्थलगत अध्ययन गर्नेछौँ ।”

यो पनि पढ्नुहोस : काठमाण्डाैकाे तापक्रम यस वर्षकै न्यून

काठमाण्डाैकाे तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । काठमाण्डाैकाे शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो ।

यसअघि बिहीबार काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।

राति काठमाण्डाैको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो । यसअघि गएको आइतबार काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।
त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो । काठमाण्डाैको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ ।

Related Articles

Back to top button
Close