News

शुक्रबारबाट भारतमा ‘हजार जुनीसम्म’

विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनीसम्म’ अब भारतमा रहेका नेपाली भाषी माझ प्रदर्शन हुने भएको छ। यहि शुक्रबार बाट भारतका विभिन्न स्थानमा चलचित्र प्रदर्शनमा आउनेछ। मल्टिस्टारर चलचित्र नेपालमा यहि बर्ष साउन ३० गतेबाट रिलिज भएको थियो। नेपालमा अपेक्षाकृत व्यापार गर्न नसकेको चलचित्रको भारतमा हुने बिभिन्न शोजमा अभिनेता आर्यन सिग्देल रे नव-नायक अखिलेश प्रधान सहभागी हुनेछन्। सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले चलचित्र दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अभिनेता द्वय आर्यन सिग्देल र अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित रहेका थिए। स्वस्तिमा खड्का, प्रियंका कार्की, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई विशाल चाम्लिङ्गले निर्माण गरेका हुने भने यसको कार्यकारी निर्माता कविता रेग्मी हुन्।

Related Articles

Back to top button
Close