News

आफ्नो मुलुकमा कोरोनाको सं’क्र’मण घटेपछि चीनले भन्यो, ‘अब हाम्रो प्रविधि, शिप र आर्थिक सहयोग अरु देशलाई दिन्छौ’

काठमाडौं, २७ फागुन । चीनमा अहिले कोरोना भाइरसवाट सं क्र मण हुनेको संख्या घट्न थालेपछि राष्ट्रपति पनि अहिले वुहान पुगेका छन् । चीनको वुहानवाट सुरु भएको कोरोनाको प्रभाव पछिल्लो केही दिन यता खट्न थालेको हो । वुहानमा मंगलवार १९ जना मात्र नयाँ सं क्र मित थपिएका छन् ।

गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार कोरोनाबाट स ङ्क्र मित हुने नयाँ मानिसको सङ्ख्या घट्दै गएको जनाएको छ । सुरुका केही दिनमा २४ घण्टामा सर्यौका संख्यामा सं क्र मित थपिने गरेका थिए । अहिले त्यो क्रम घटेर १९ मा पुगेको हो । अस्पतालमा उपचारका लागि भर्ना भएकारु पनि निको भएर घर फर्कन थालेका छन् । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको स ङ्क्र मण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् ।

अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्य चार हजार सिकिस्त भएको उल्लेख गरिएको छ । आफ्नो मुलुकमा सं क्र मितको संख्या घट्न थालेपछि चीनले अब अन्य सं क्र मण देखिएका मुलुकलाई सघाउने जनाएको छ । कोरोना नि य न्त्रण का लागि चीनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको थियो ।

१० दिनमै अस्पताल तयार गरेर विरामीको उपचार थालेको चीनमा अहिले सं क्र मित को संख्या घट्न थालेको हो । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको स ङ्क्र म ण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग अन्य मुलुकमा दिन तयार रहेको जनाएको छ ।

Related Articles

Back to top button
Close