News

होलीमा रेखाको मुस्कान सहितको तस्विर, रेखाले दिइन् यसरी शुभकामना

काठमाडौं फागुन २६। लोकप्रिय नायिका रेखा थापा यतिबेला चलचित्र हिरो रिर्टन्सको प्रचारप्रसारमा ब्यस्त छिन् । रेखा थापाको चलचित्र ‘हिरो रिर्टन्स’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रेखा र सविनको एक्सनलाई देखाइएको छ । चलचित्रमा कलाकार सबिन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भुमिका रहेको छ ।आशिष भेटवालको निर्देशन रहेको फिल्ममा भिम न्यौपाने तथा धुर्व न्यौपाने लगानी रहेको चलचित्रको प्रचार प्रसारका अलावा नायिका थापा राजनैतिक कार्यक्रम र विभिन्न पार्टी, समारोहमा सहभागी भएकै हुन्छिन् । बैशाख २६ बाट प्रदर्शनमा आँउन लागेको सो चलचित्रका अलावा रेखा सामाजिक संजालमा पनि उत्तिकै सक्रिय हुन्छिन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहे गरेपछि उनीहरुलाई शुभकामना दिन पुगेको एउटा मात्रै तस्विर आफ्नो इस्टाग्राममा पोष्ट गरेकी रेखाले होलीको अवसरमा पनि एउटा मात्रै होली विशेष तस्विर पोष्ट गरेकी छिन् । खुशी मुद्रामा रहेको उक्त तस्विरमा रेखा गज्जबसँग खुलेकी छिन् । उनले होलीको शुभकामना दिँदै तस्विर पोष्ट गरेकी छिन् ।यसैबिच लोकप्रिय नायिका करिष्मा मानन्धरले नियमित रुपमा मनाउँदै आएको होली पर्व यो वर्ष भने मनाइनन् । करिश्माले कोरानाकै कारण यो वर्षको होली नमनाउने निर्णय गरेकी हुन् । कोरोना संक्रमणको अवस्थाले गर्दा करिष्माले यस वर्ष कलाकारहरु संग घरमा होली नमनाउने भन्दै होलीमा भिंडभांड हुँदा कोरोना संक्रमणको त्रास हुने भएकाले सतर्कता अपनाउनका लागी नमनाउने निर्णय एक साता अघि नै पत्रकार सम्मेलन नै गरेर जानकारी दिउकी थिइन् । अघिल्लो वर्ष पनि उनले एसईई परिक्षाका कारण होली पर्वको कार्यक्रम स्थगीत भएको थियो । तस्विरहरु ओएस नेपालले रेखा र करिश्माको इस्टाग्रामबाट लिएको हो ।

Related Articles

Back to top button
Close