News

होलीमा पत्नि निकितासँगको तस्विर सेयर गर्दै यसरी शुभकामना दिए रविले

काठमाडौं फागुन २६। चीनको बुहान हुँदै विश्वका १०३ भन्दा बढी मुलुकमा फैलिरहेको कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नेपालमा पनि यो वर्ष होली पर्व सामान्य रुपमा मनाइएको छ । सरकारले नै कोरोनाबाट बच्नका लागी सार्वजनिक स्थल, सभा, सम्मेलनमा नजान आग्रह गरेसँगै नेपालमा पछिल्लो एकहप्तादेखि शहरहरु अन्य समयभन्दा सुनसान देखिएका छन् । यसैबिच आज परेको होली पर्वका अवसरमा मानिसहरु आ–आफ्नो परिवार अनि साथीभाइसँग मिलेर होली खेलिरहेका दृश्यहरु सामान्य रुपमा भएपनि सामाजिक संजालमा अपडेट छन् ।

होलीको रौनक केही पातलो देखिएपनि कलाकार तथा पब्लिक फिगरहरुले आफन्त र साथीभाईहरुसँग मिलेर रंगहरुको पर्व होली मनाइरहेका तस्विरहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । जुन तस्विरहरुले सामाजिक संजालमा चर्चा पाइरहेका छन् । कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, झरना थापा, पूजा शर्मालगायले पनि होली खेलेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेसँगै राम्रो चर्चा पाइरहेका छन् ।

यसैबिच लोकप्रिय संचारकर्मी रवि लामिछानेले पनि आफ्नो होलीको तस्विर सामाजिक संजालमा पोष्ट गरे लगत्तै उक्त तस्विर भाइरल बनिरहेको छ । हजारौँले रवि र उनकी पत्नि निकिताको तस्विरमा कमेन्ट र सेयर गरिरहेका छन् । रविले आफ्नी पत्नि निकितासँग मनाएको पहिलो होलीको तस्विर सार्वजनिक गर्दै यस्तो स्टाटस लेखेका छन् । सार्वजनिक रुपमा होली खेल्न यो वर्ष नमिलेपनि हाम्रो तर्फ बाट तपाईंहरु सबैमा फागु पुर्णिामा, होलीको रङीन शुभकामना।यसपाली धेरै मानिस जम्मा भएर होइन परिवार भित्रै होली खेलौ। रविले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

सार्वजनिक रुपमा होली खेल्न यो वर्ष नमिलेपनि हाम्रो तर्फ बाट तपाईंहरु सबैमा फागु पुर्णिामा, होलीको रङीन शुभकामना।यसपाली धेरै मानिस जम्मा भएर होइन परिवार भित्रै होली खेलौ।

Gepostet von Rabi Lamichhane am Montag, 9. März 2020

Related Articles

Back to top button
Close