News

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि ‘रेस्पिरेटर’ लगाएकी बिरामी युवतीले गरिन् यस्तो ‘मेकअप’

काठमाडौं । मानिसलाई सुन्दर देखिने चाह त हुन्छ नै । अनुहारमा गरिने मेकअप पनि सुन्दर देखिने एक माध्यम हो । मेकअपले मानिसलाई कन्फिडेन्स बनाउँछ । तर कुनबेला मेकअप गर्ने भन्ने कुरा भने मानिसको स्वभावमा भर पर्छ ।तर कुनै मानिसको यस्तो चाह हुन्छकी त्यसले अरुलाई नै आश्चर्य बनाउँछ । हालै भियतनाममा भएको एउटा घटनाले यस्तै उदाहरण प्रस्तुत गरेको छ । विरामी भएकी एक युवती अस्पतालमा भर्ना थिइन् । आफन्त विरामी भएपछि भेट्न जाने र सान्त्वना दिने प्रचलन जहाँकही पनि हुन्छ । तर तपाई बिरामी भेट्न जाँदै हुनुहुन्छ र त्यो बिरामी हेभी मेकअपमा छ भने तपाईलाई कस्तो लाग्छ ?

अस्पतालमा भर्ना हुनु भनेकै तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । अस्पतालमा भर्ना भएको ब्यक्ति सुन्दर देखियोस् भन्ने चाहना त कसैले राखेको हुँदैन । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर अस्पताको वेडमै यस्तो हेभी मेकअप गरेकी छन् की उनको तस्बिर देख्नेहरुले अनौठो भनेर प्रतिकृया दिएका छन् । प्रेमिका अस्पतालमा भर्ना भएको थाहा पाएपछि प्रेमीले उनलाई भेट्न आउँछु भने, उनले हतारहतार मेकअप गरेकी छिन् ।चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा पनि त्यो कुरा शेयर गरिन् । उनले निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् ’

प्रेमीले आफूलाई नराम्री नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् तर तयार भइन् । उनका ति तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको छ । तस्बिर हेर्नेहरुले यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना पनि गरेका छन् । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने भन्दै धेरैले टिप्पणी गरेका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् । तर कतिपयले भने उनीप्रति सहानुभुती पनि राखेका छन् । कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।

Related Articles

Back to top button
Close