News

यूएईमा २ नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं / यूएईको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ नयाँ कोरोना भाइरसका सङ्क्रमित फेला पारेको जानकारी दिएको छ ।

जसमा दुई नेपाली रहेका छन् । यो सङ्गै यूएईमा कोरोना भाइरसको सङ्क्रमित संख्या ५९ जना पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

खलिजा टाइम्सका अनुसार त्यहाँ कोरोनाबाट नयाँ संक्रमित हुनेमा ४ यूएई, ३ इटाली, बंगलादेश, नेपालका २–२, भा,रत, सि,रिया र रुसका एक–एक जना रहेका छन् । उनीहरु सबैको उपचार भइरहेको छ ।

गत डिसेम्बरमा चीनकाे वुहानबाट फैलिएको कोराना भाइरस विश्वका विभिन्न देशमा फैलिरहेको छ ।

Related Articles

Back to top button
Close