News

चितवनबाट पर्सा पठाइएकी एसपी गंगा पन्तको चमत्कार ! नक्कली नागरिकता बनाएर बेच्‍ने पूर्वगाविस सचिव प’क्राउ

नक्कली नेपाली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउदै आएको गिरोहमा संलग्न पूर्वगाविस सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प’क्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१५ भिस्वा घर भएका पूर्वगाविस सचिव विन्दा साह रहेका छन्।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भिस्वास्थित साहको घरमा आइतबार छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो। छापा मार्ने क्रममा प्रहरीले साहको घरको कोठाबाट चार दर्जन भन्दा बढी नक्कली नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ।

प्रहरीको टोली घरमा पुग्दा साहको घरको एउटा कोठामा ताल्चा लगाइएको भेटिएपछि प्रहरीले शं`का लागेर ताल्चा तोड्कोे थियो। कोठा भित्र परेर खोजी गर्दा बाक्सा भित्र र सिरक मुनी लुकाएर राखिएको अवस्थामा नक्कली नागरिकता प्रमाणत्र, तस्बिर, फारमलगायतका कागजात बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

साहको कोठबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका फोटो, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फारामसमेत प्रहरीले बरामद गरेको छ।

साहकै तीन वटा नागरिकता प्रमाणपत्र पनि प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाएर गैर नेपाली नागरिकलाई बेच्ने गरेको बयान प्रहरीलाई दिएका छन्। नक्क्ली नागरिकता बनाउने धन्दामा साहसँगै अरु व्याक्तिको पनि संलग्नता हुन सक्ने आशंका देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

साह ३ वर्ष पहिले पर्सा जिल्लाको साविकको डोकैला बहुवरी गाविसको गाविस सचिव थिए। गाविस सचिव हुँदा अीख्तयार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको मुद्दा दर्ता गरेपछि अदालतले दोषी ठहर गर्दै उनलाई पाँच महिना कैदको फैसला गरेको थियो। ५ महिनाको कै द भुक्तान गरेका साह साढे २ वर्ष अगाडि मात्र कारागारबाट छुटेका थिए।

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् । घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button
Close