News

आज फागु पूर्णिमा अर्थात होली, जमघट भएर होली खेल्न नपाइने

काठमाण्डौ – आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन ।

ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भी डभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।
डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् ।

भिडभाडमा जाँदा र पानीमा भिज्दा स ङ्क्रमणको डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ । नेपालमा अहिलेसम्म को रोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।
यो पनि समाचार
घाँस काट्ने, भाँडा धुने, घर बढार्ने, लिपपोत गर्ने काम गर्ने पुरुष कमै हुन्छन् । पढेलेखेका, जागिर खाने पुरुषहरुले त अझ घरभित्रको काम छुन खोज्दैनन् । कतिलाई लाग्छ, पुरुषले पैसा कमाउने हो घरको काम गर्ने हैन । तर कोही पुरुष यस्ता पनि छन्, जसले महिलाले मात्रै गर्ने भनिएको काम मज्जाले गर्छन् । यस्तै मध्येमा पर्नुहुन्छ, दैलेखको आठबिस नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जोरासिंह थापा ।

उहाँले पहिले भारतमा चौकीदारको काम गर्नुहुन्थ्यो । अहिले जनप्रतिनिधि हुनुहुन्छ । ५० वर्षीय जोरासिंह श्रीमतीलाई घरभित्रको सबै काममा सघाउनुहुन्छ ।
काम गरेर सानो भइँदैन जोरा सिंह थापाकी श्रीमती बालिसरा थापा खेतीपातीको काम गर्नुहुन्छ । बिहान उठ्ने, खाना पकाउने, खेतबारीको काम गर्ने, खाना खाने, फेरि खेतबारी या गोठालो गरी मेलापात गर्ने, साँझ खाना पकाउने र घरधन्दा गर्ने काम गर्दै बालिसराका दिनहरु बित्छन् ।

चार छोराछोरीका आमाबुवा जोरा र बालिसराका छोरीहरुले बिहे गरिसके । छोरा एक जना कक्षा १२ र अर्को ११ मा पढिरहेका छन् । जनप्रतिनिधि हुनुअघि जोरा भारतमा मजदुरी गर्नुहुन्थ्यो । जनप्रतिनिधि भइसकेपछि उहाँको भारतमा गएर मजदुरी गर्ने बाटो रोकियो । तर घरायसी काम भने उसैगरी गरिरहनुहुन्छ । अझै घरभित्रको काम थपिएको छ ।

बिहान ९ बजे नै वडा कार्यालय पुग्नुपर्छ ।बालिसरा बारीको काममा जाँदा घरभित्रको खाना पकाउने, भाँडा धुने, सरसफाइ गर्ने सबै काम जोरासिंहले नै गर्नुपर्छ । महिलाले गर्ने काम पुरुषले गरेमा सानो भइँदैन भन्ने उदाहरण बन्नुभएको छ, जोरासिंह थापा ।

‘घरको काम गर्दा जोइटिङ्ग्रे भन्छन्’
गाउँघरमा प्रायः पुरुषहरु चिया गफमा भुल्छन् । उनीहरुलाई देशमा के भइरहेको छ, गाउँमा के हुँदैछ, फलानोले कसरी काम गर्छ भन्ने कुरा गर्नै ठिक्क हुन्छ । अझ कतिपय पुरुषहरु त दिनभर तास खेल्ने, बरालिएर हिँड्ने, रात पर्दा जाँडरक्सी खाने गरेको पनि भेटिन्छ ।

जोराकै गाउँमा पनि यस्ता पुरुष छन् । जोराले घरको काम गरिरहेको देख्दा उनीहरुले ‘जोइटिङ्ग्रे’ भएको भन्छन् । अझै कसैकसैले त ‘जनप्रतिनिधिले नै ढिकी जाँतो गर्ने, यो त भएन नि’ भनेर जिस्क्याउँछन् पनि । तर जोरालाई यस्ता कुराले फरक पर्दैन । उहाँ साथीभाइहरुसँग भेट्ने, बस्ने समय पनि मिलाउनुहुन्छ । तर, आफूले गर्नुपर्ने काम भने कहिल्यै छोड्नुहुन्न ।

‘काम गर्न सानैदेखि सिकेँ’ जोरा तीन वर्षको हुँदा आमाको निधन भयो । बुवा बिरामी हुनुहुन्थ्यो । तीन दाजुभाइमा उहाँ कान्छो । विद्यालय जाने उमेरमा उहाँले घरको काम गर्न थाल्नुभयो । ठूला दाइहरुहरुले बारीको काम गर्दा उहाँले घरको काम सिक्नुभयो । तीन वर्षको हुँदादेखि नै काममा गएका दाइहरुलाई खाना पकाउने, बिरामी बुवालाई पानी तताएर खुवाउने, घरको हेरचाह गर्ने जिम्मा आइलाग्यो ।

जोरासँगैका साथीहरु विद्यालय जान्थे । आमा बुवाको हात समाउँदै रमाउँथे । आमाको काखमा लुटुपुटु गर्थे । तर जोराले त्यो बेला नै घरभित्रको र बाहिरको काम कसरी गर्ने भन्ने पाठ सिके । साथीहरु विद्यालय हुँदा उहाँ भान्सा र बारीमा व्यस्त हुनुभयो ।

Related Articles

Back to top button
Close