News

आज अन्तर्राष्ट्रिय नारी दिवस,सम्पूर्ण नारीमा, सुभकामना

२४ फागुन, काठमाडौंं । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले ह ड्ताल र वि शाल जु लुश प्र दर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आ न्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

क्लारा जेटि्कनक्लारा जेटि्कन
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

मार्क्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् ।लामो समयदेखि महिलाहरुले सं घर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक सं घर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भ यावह अवस्थामै रहेको छ ।महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् ।

महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको १०५ वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु ब लात्कार र घरेलु हिं साका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।

महिलाहरुमाथि अ समानता मात्र होइन, सामाजिक अ सुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि ब लात्कारका घ ट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आ रोमा दु ब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । राजधानीमै किशोरीहरुमाथि ते जाव हाल्ने जस्ता जघन्य अ पराधका घ टना भएका छन् । महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकैबीच आइतबार विश्वकै महिलाहरु १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छन् ।

यो पनि समाचार
मिर्गौला प्रत्यारोपणपछिको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुमा सामान्य हिंडडुल गराउनका साथै फिजियोथेरापीलाई निरन्तरता दिएका छन् ।

ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जनाएका छन् । उनलाई सामान्य खानासमेत दिन थालिएको छ ।

अस्पतालका अनुसार ओलीका महत्त्वपूर्ण तथा प्रयोगशालासम्बन्धि स्वास्थ्य सूचकहरूसमेत सामान्य अवस्थामा छन् । मिर्गौला दिने भाज्नी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा समेत राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ ।

गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आइसीयुमा राखिएको छ । संक्रमण नियन्त्रण रणनीतिअन्तर्गत प्रधानमन्त्री ओलीलाई परिष्कृत आइसीयुमा राखिएको हो । मिर्गौला प्रत्यारोपण भएका बिरामीलाई रेनल ट्रान्सप्लान्ट युनिटमा राख्ने गरिन्छ ।

चिकित्सक विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई आइसीयुमै राखिने अस्पतालले जनाएको छ । हाल परधानमन्त्री अन्य बिरामी भन्दा पृथक अत्याधुनिक आइसीयुमा भएकाले अस्पताल बसाइ लम्ब्याउदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई शुक्रबारै दुखाइनाशक औषधि बन्द गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close