Video

माला छुट्ने बित्तिकै प्रहरीसहित मिडियाकर्मी हेम खत्रीको घरमा ! के जर्नेल नै गलत हो त ? (हेर्नुस् भिडियो)

गत बिहीबार दिउँसो नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) हेम खत्रीलाई पति दाबी गर्ने माला शाहसहित हिमा श्रेष्ठको साथमा एक हुल महिला खत्रीको घरमा पुगेका थिए। ललितपुर भैंसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा पुगेका एक हुल महिलामध्ये केहीलाई प्रहरीले प’क्राउ गरेको थियो । प’क्राउ परेकी माला शाह हिजो मात्र ३० हजार धरौटीमा छुटेको जानकारी प्राप्त भएको छ ।

पूर्वजर्नेल खत्री र उनीबाट पि’डित भनिएकी माला शाहको बिषयले अहिले सामाजिक संजालमा निकै चर्चा पाईरहेको छ । यसै बिषयलाई लिएर सत्य तथ्य जान्नको लागि हेम खत्रीको घर पुग्दा उनले गेट खोलेनन् । धेरै बेर गेट खोल्न आग्रह गर्दा पनि गेट नखुलेपछि मिडियाकर्मीले महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्स्पेक्टरलाई फोन लगाए । त्यसरी आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नआउनुमा कतै हेम खत्री नै गलत त हैन भन्ने प्रश्न उठेको छ ।

भैंसेपाटीका इन्चार्जसँगको कुराकानीको क्रममा हेम खत्रीले आफु घरमा नभएको र घर परिवारसँग सल्लाह गरेर मात्र बोल्ने बताएका छन् । के जर्नेल नै गलत हुन् त ? हेर्नुस् यस घटनासँग सम्बन्धित स्थलगत रिपोर्ट तलको भिडियोमा :

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Related Articles

Back to top button
Close