Video

कुकुरको मासु देखि आफ्नै दिशा खाने महिलाको व्यथा ! ललितपुरमा बन्दैछ- यस्तो अचम्मको घर (भिडियो हेर्नुस)

हामीले बाटोमा हिड्दा कति मनारेगी दिदी बहिनी र दाजु भाईहरु भेट्छन् । जस्को खान, बस्न र स्वास्थ्य अवस्थाको धेरैले चिन्ता गरेको देखिन्न । तर त्यो भिडिमा भिन्न छिन्, श्रीनेहा पोख्रेल । बिगत लामो समयदेखि मनोरोगी बिरामीहरुलाई हेरचाह गर्दै आएकी श्रीनेहाको नेपाल स्नेही काख नामक एक पबित्र सँस्था छ, जस्ले हालसम्म सयौं मनारोगी दिदी बहिनीहरुलाई बाटोबाट उठाएर उनीहरुलाई पुनस्थपना गर्दै, स्वास्थ्यमा सुधार ल्याउँदै घर फर्काएको छ । श्रीनेहाले मनारेगी बिरामीहरुका लागि मात्रै हैन, उनीहरुबाट जन्मेका सन्तानहरुका लागि पनि ठुलो भुमिका खेल्दै आएको छ । अहिले पनि नेपाल स्नेही काखमा दर्जनौं त्यस्ता बालबच्चाहरुको भविष्य फुल्दैछ ।

कुसुन्ती हाईटमा रहेको नेपाल स्नेही काख सन्चालनका लागि धेरै समस्याहरु पनि छन् । धेरै मनारोगी दिदी बहिनीहरुलाई दिनहुँ खाना, खाजा खुवाउन, लत्ता कपडा, उनीहरुको स्वास्थ्य उपचार सँगै बालबालिकाहरुको शिक्षा र आधारभुत आवश्यकता पुरा गर्न मासिक लाखौं रकम खर्च हुन्छ । पछिल्लो समय सामाजिक सन्जालमा बिशेषत युटुबमा सँस्थाको बारेमा जानकारी पाएर धेरैले सहयोग गर्न स्नेही काख पुग्ने गरेका छन् । कतिले आर्थिक सहयोग गर्छन् कतिले जिन्सी सहयोग, केहि सजिलो हुँदैछ । तर स्नेही काखको मुख्य समस्या हो, आफ्नै भवन नहुनु । यसकारण पनि हाल स्नेही काखको भवन निर्माण हुँदैछ, भिडियो हेर्नुस

Related Articles

Back to top button
Close