News

नेपालमा एक जनामा देखियो कोरोना भाइरस, ४३७ को कोरोना परीक्षण, ५ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौं, २४ फागुन । चीनवाट सुरु भएको कोरोना भाइरसको सं’क्रमण हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले खतराको सूचीमा नेपाललाई पनि राखेको छ । अहिले सम्म नेपालमा कोरोना सं’क्रमित नभेटिएको भएपनि सतर्क हुनुपर्ने अवस्था भने छ । नेपालकै छिमेकी मुलुक चीनमा कारोनाका कारण ३ हजार नागरिकको ज्या’न गएको छ भने हजारौं प्रभावित भएका छन् ।

नेपालमा अहिले सम्म कोरोना नदेखिएको भएपनि सं’क्रमण आ’शंकामा अहिलेसम्म ४३७ जनाको परिक्षण गरिएको छ । वैदेशिक रोजगारीका लागि वाहिर गएर कोरोना प्रभावित मुलुकवाट फर्किएका नेपाली र विदेशी नागरिकहरुलाई रोगका लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

तीमध्ये सुरुका १ जनामा कोरोना सं’क्रमण भेटिएको थियो । तर उनी अहिले स्वास्थ्य भएर घर फर्कीसकेका छन् । स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको पुष्टि गरेको हो । त्यसयता भने परिक्षण गरिएका कसैमा पनि कोरोना सं’क्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

‘सं’क्रमणको आशंकामा अझै ५ जना परिक्षणकै क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्, । उनीहरुको रिपोर्ट आउन बाँकी रहेकाले आइसोलेसनमा राखिएको छ । उनीहरुलाई चिकित्सकको विशेष निगरानीमा अस्पतालको अलग्गै वार्डमा राखिएको छ । अहिले दैनिक १÷२ जना कोरोना परीक्षणका लागि अस्पताल पुग्ने गरेका छन् । अधिकांश वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा बसेर फर्किएकाहरु छन् । केही विदेशी पर्यटक पनि अस्पताल पुग्ने गरेका छन् ।

नमुना परीक्षण गरिएका उल्लिखित ४३७ जना चीनबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीसमेत जोडिएको संख्या हो। चीनबाट ल्याएर करिब १७ दिन क्वारेन्टाइनमा राखिएका विद्यार्थी कसैमा पनि कोरोनाको संक्रमण देखिएन । उनीहरु अहिले आफ्नो घर गइसकेका छन् । यसअघि चीनको उहानबाट आएका तराईका एक विद्यार्थीमा भने कोरोना संक्रमण देखिएको हो । उनी पनि उपचार पछि घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close