News

काठमाडौं लगायत देशभर भारी वर्षा, आगामी तीन दिनको मौसमबारे आयो यस्तो चेतावनी

काठमाडौं । आज काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने नभएको उहाँले बताउनुभयो । आगामी तीन दिनको मौसम जानकारी तल हेर्नुहोस्,

फागुन २४ गते (शनिबार) दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार) : दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार) : दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Related Articles

Back to top button
Close