News

पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले रक्षामन्त्री पोखरेललाई लेखिन यस्तो पत्र, केछ पत्रमा ?

काठमाडाैं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (सिंह)ले दाबी गर्दै आएको छाउनीस्थित १५ रोपनी १ आना घरजग्गा खालि गर्नका लागि नेपाल ट्रष्टसँग केही समय माग गरेकी छन् । शाहले प्रयोग र दा’बी गर्दै आएको सो घरजग्गा सर्वाेच्च अदालतले २४ माघमा नेपाल ट्रष्ट अन्तर्गतको हुने अन्तिम फैसला सुनाएको थियो । त्यसपछि शाहले उपप्रधान एवं रक्षामन्त्रीको जिम्मेवारीमा रहेका नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेललाई एक पत्र लेख्दै घरजग्गा खालि गर्न समय माग गरेकी हुन् । सर्वाेच्च अदालतले अन्तिम फैसला सुनाएपछि उनले सो घरजग्गा छा’ड्नुपर्ने हुन्थ्यो । नछाडेको स्थितिमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन इकाइले बल प्रयोग गरेर भए पनि खालि गराउन सक्थ्यो । यद्यपी, फैसलाको पूर्णपाठ नआउन्जेलसम्म उनले छाउनीको सो घरजग्गामा बसोबास लम्ब्याउन सक्थिन् ।

तर, उनले फैसलाको पूर्णपाठ प्रतीक्षा नगरी खालि गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि केही समय दिन आग्रह सहितको पत्राचार गरिन् । ‘उहाँ (प्रेरणा) ले एक पत्रमार्फत् तत्काल घरजग्गा खाली गर्न नसक्ने बताउँदै केही समय दिन निवेदन दिनु भएको छ’, नेपाल ट्रष्टका सूचना अधिकारी सोभित रिजालले नयाँ पत्रिकासँग भने, ‘अदालतको फैसला आएपछि केही दिनमै उहाँले ट्रष्टका अध्यक्ष (उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल)लाई सम्बोधन गर्दै पत्र लेख्नु भएको थियो ।’

रिजालका अनुसार, उनलाई कति समय समय दिने भन्ने विषयमा अब बस्ने बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने नयाँपत्रिका दैनिकमा समाचार छ । राजा वीरेन्द्र–ज्ञानेन्द्रकी फूपु स्वर्गीय विजया शाह (राजा त्रिभुवनकी अविवाहित कान्छी छोरी)ले उपभोग गर्दै आएको छाउनीको सो घरजग्गा शाही शासनकाल १० जेठ २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो स्वरुप दिएका थिए । प्रेरणाको त्यस अगावै राजबहादुर सिंहसँग विवाह भइसकेको थियो ।

त्यसअघि भीमसेन गुठी तथा बन्धन गुठीको नाममा रहेको सो घरजग्गा २ जेठ (०६२) मा ‘श्री ५ महाराजधिराज, नारायणहिटी राजदरवार’का नाममा ल्याइएको थियो । तर, गणतन्त्र स्थापना भएपछि सरकारले नेपाल ट्रष्ट स्थापना गरी राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति ट्रष्टमा ल्याउने निर्णय ग¥यो । सोही निर्णय बमोजिम छाउनीको सो घरजग्गा पनि नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय भयो ।

यस्ता,विश्वव्यापी प्र’कोपको रुप लिएको को’रोना भा’इरसबारे विभिन्न देशले आफ्नै प्रकारका धारणा सार्वजनिक गरेका छन् । चीनबाट सुरू भएको यो भा’इरस पछिल्लो समय अन्य देशको टाउको दु:खाई बनेको छ । विभिन्न हल्ला र समाचारका प्रभावले नेपालमा मास्कको अभाव देखिएको छ भने संयुक्त राज्य अमेरीकाकी एक सं’क्रमण रोकथाम विशेषज्ञ डा. इली पेरेन्सभिचका अनुसार स’ङ्क्रमण नभएका व्यक्तिले मास्क लगाउँदा झनै जो’खिम भएको बताएकी छन् ।

पेरेन्सभिचका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिहरुले मास्क लगाउन अनिवार्य नभएको बताएकी बताउँदै सामान्य स्वास्थ्य अवस्था रहेका व्यक्तिहरुले मास्कको प्रयोग गर्नु अझ जो’खिमयुक्त हुनसक्ने बताएकी छन् ।

फाेब्सका अनुसार उनी भन्छिन् ‘हालसम्म स्वस्थ व्यक्तिले मास्क लगाउँदैमा को’रोना भाई’रसको सं’क्रमणबाट जोगिन्छ भन्ने कुनै तत्थ्य प्रमाणित भएको छैन, तर मास्क प्रयोग गर्ने उपयुक्त तरीका नजान्दा अझ बढी जो’खिम’युक्त बन्नसक्छ।’

को’रोना भा’ईरस हावाको माध्यमबाट सर्ने भा’ईरस नभई सम्पर्कबाट सर्नेहुँदा मास्क लगायपछि पटक–पटक हातले अनुहारमा छोइने भएकाले को’रोना भा’ईरसको जो’खिम बढ्नसक्ने डा. पेरेन्सभिचको भनाई छ ।नेपालमा भने को’रोना भा’ईरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्क त परैको कुरा बजारमा साधारण पेपर मास्कको समेत अभाव देखिन थालेको छ।

Related Articles

Back to top button
Close