Video

नुवाकोटमा श्रीमानले गरे श्रीमतीको ह*त्या ! यस्तो छ घ*टनाको नालीबेली, (हेर्नुहोस् भिडियो)

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् तर सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् ।

स्थानियका अनुसार पनि उनको ह’त्या नै भएको हुनसक्ने जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुखका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठो’किएर मृ’त्यु भएको देखिएको र घ’टना बारे थप अनुसन्धान भइरहेको छ । घ’टनाबारे थप जानकारी र अध्ययनका लागि महिलाको श’व पो’स्टमा’र्टमका लागि पठाइएको जनाईएको छ। घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

Related Articles

Back to top button
Close