Video

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाका आमाबाबु पहिलो पटक मिडियामा हेर्नुहोस भिडियोमा

खगेन्द्र घिमिरे
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला दिने समीक्षा को हुन भन्ने धेरैमा चासोको बिषय बनेको छ । नातामा भाञ्जी पर्ने ३२ वर्षिय समीक्षा सङ्ग्रौलाको माइतीघर झापा बिर्तामोड–७ गोलधाप (पहिलेको भुटानी शर णार्थी शिविर नजिकै) हो ।

बुबा तुलसी र आमा मुनाकी ३ छोरा र एक छोरी मध्येकी समीक्षा साह स भएकी छोरी हुन । प्रधानमन्त्रीलाई मृगौंला दिइ सकेपछि उनको बिषयमा बुझ्न झापामा रहेका बाबु आमासँगको पहिलो भिडियो अन्तरवार्ता सार्वजनिक भएको छ ।आफ्नी छोरी समीक्षाको यो कदम देख्दा आफुहरु धेरै खुसी भएको आमा मुनाले बताई । पारिवारिक सल्लाह अनुसार नै उनले मामालाई मृगौला दिएको आमा तुलसीको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र समिक्षा दुबै जना अहिले अस्पतालमा सामन्य अवस्थामा हुँदा झन् खुसी भएको आमा बताउछिन् । देशमा केहीँ गर्छु भन्ने देशकै अभिभावक लाई छोरीले मृगौला दिएर सम्पूर्ण नारीको सम्मान गरेको आमाको तर्क छ । त्यो भन्दा पनि आफु यी छोरीको आमा हुन पाउँदा झन खुसी भएको उनी बताउँछिन ।
प्रधानमन्त्री ओलीलाई नयाँ जीवन दिने समीक्षाको निर्णयमा र सफल रुपमा मृगौला प्रत्यारोपण भएपछि आफुलाई हर्सको आशुँ आएको उनको भनाई छ । सुरुमा आफुले आफ्नै मृगौला दिने बिचार बनाएको तर चेक गर्दा नमिलेपछि छोरी ले दिएकी आमा मुना बताउँछिन । अस्पतालबाटै मृगौला दिइसकेपछि आफुलाई फोन गर्दै छोरीले आमा म ठिक छु चिन्ता नलिनु भनेकी र चाडै उनी सँग भेट हुने बताइन् ।

प्रधानमन्त्री ओली र समीक्षाबीच मामा भाञ्जीको नाता छ । कान्छोको छोरा प्रधानमन्त्री ओली हुन् भने साहिलाकी छोरी समीक्षाकी आमा हुन् ।समीक्षा अहिले काठमाडौँमा बस्छिन्। उनले बाल्यकालको शिक्षा झापा गरामनीको दुर्गा माविबाट लिएकी हुन् । उच्च शिक्षा मेची क्याम्पसमा पढिन् ।

बुबा तुलसीले समीक्षाको आ त्मविश्वास बलियो रहेको भन्दै राष्ट्रको हितमा लाग्ने प्रधानमन्त्रीलाई उनले मृ गौला दिदा आफुहरुमा खुसीको सिमा नभएको बताए । हर्षले छाती फुलेको भन्दै देशमा अझै परिवर्तन हुने बताए । छोरीले जुन आँ ट हिम्म त गरी त्यसका लागि उनले सलाम गरे ।समीक्षाको घर पाल्पा हो । श्रीमान् कमल ज्ञवाली नेपाली सेनाका जागिरे छन् । समीक्षाचाहिँ पार्लर व्यवसाय संचालन गर्छिन ।

हेर्नुस यो आमा बुबा सँगको पहिलो भिडियो ।।

Related Articles

Back to top button
Close