विचार

आज ठुलो असिना पानी पर्ने, हावाहुरी/चट्याङको पनि ख’तरा

काठमाडौं, हावाहुरी/चट्याङ/असिनासहित आज (शुक्रबार)प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो। साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्। ‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि श’क्तिशाली हुन्छ,’ शुक्रबार बिहान कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

उनका आज अनुसार विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी/चट्याङ/असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ। ‘मध्य र पूर्वी क्षेत्रमा वर्षा हुँदै हुँदैन भन्ने होइन,’ उनले भनिन्, ‘पश्चिको तुलनामा कम छ।’ उनका अनुसार हावाहुरी/चट्याङ/असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ। यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हि’मपात हुने सम्भावना छ। ‘स्थानीय वायुको मात्रै प्रभाव भएको भए एकछिन ह्वा’रार् वर्षा हुन्थ्यो,’ उनले भनिन्, ‘तर पश्चिमी न्यून चापीय प्रणालीसमेत थपिएकाले वर्षा क्ष’णिक नै हुने तर तु’रुन्तै बादल भनेर फेरि वर्षा हुने क्रम दोहोरिइरहन्छ।’

उनका अनुसार वर्षा हुने, रो’किने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दाेहाेरिरहने देखिन्छ। यस हिसाबले प्रि-मनसुनकाे वर्षा क्षणिक हुनुपर्ने भए पनि पटकपटक भइरहने भएकाले यसपटक अलि लामै समय वर्षा हुने देखिएकाे माैसमविद् नगरकाेटीले बताइन्। यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक हो’सियारी अपनाउन उनको सुझाव छ। मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान भने दाङदेखि बाराको सिमरासम्म मौसम सामान्यतया सफा छ भने देशका बाँकी स्थानमा मौसम सामान्यदेखि आंशिकसम्म बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भाेलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ। साथै शनिबार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हि’मपात हुने सम्भावना छ ।आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले शुक्रबार बिहान जा’री गरेको बुलेटिनमा बताइएको छ। आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ। मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ/असिना सहित क्षणिक वर्षा हुने सम्भावना छ।

उपत्यकामा हावाहुरी आउने सम्भावना भने नरहेकाे उनले बताइन्। बिहान ५ः४५ बजको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। पुनः ९ः४५ बजे अर्काे मापन गरिनेछ र त्यही बेलाको रकेर्डलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिने मौसमविद् बताउँछन्। विन्टर अर्थात् हिउँद यामको अन्त्य र वर्षायाम सुरु हुनुअघिका तीन महिना मार्च, अप्रिल र मेलाई प्रिमनसुनको अवधि मानिन्छ। यस अवधिमा हावाहुरी, चट्याङ, असिनासहितको वर्षा हुने मौसमविद् बताउँछन्। जुन महिनादेखि भने मनसुन अर्थात् वर्षा याम सुरु हुनेछ।

Related Articles

Back to top button
Close