International

अमेरिकाको १५ राज्यमा फैलियो कोरोना , वासिंटन, न्युयोर्क र क्यालिफोर्नियामा सबैभन्दा बढी

एजेन्सी, अमेरिकामा अहिलेसम्म १६१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । न्युजर्सीमा पनि कोरोना संक्रमणका बिरामी भेटिएपछि अहिलेसम्म अमेरिकामा १५ राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।सबैभन्दा धेरै बिरामी वासिंटन राज्य, न्युयोर्क र क्यालिफोर्नियामा भेटिएका छन् । न्युयोर्कमा कोरोना संक्रमितको संख्या १३ पुगिसकेको छ । अमेरिकाभर अहिलेसम्म कोरोना संक्रमणबाट ११ जनाको मृ’त्यु भइसकेको छ ।न्युयोर्कमा गएराती थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।आज विहान मेयर बिल डे ब्लाजिओले यसको पुष्टी गरेका हुन् ।

यी थप २ जना कोरोना संक्रमित वकिलको परिवारसँग सम्बन्धित भए नभएको केही बताइएको छैन ।एरिजोनामा २, क्यालिफोर्नियामा ३६, फ्लोरिडामा ३, जर्जियामा २, इलिनोयमा ४, मासाचुसेट्समा २, न्यु ह्याम्पशायरमा २, न्युजर्सीमा १, न्युयोर्कमा १३, नर्थ क्यारोलिनामा १, ओरेगनमा ३, रोढ आइल्याण्डमा २, वासिंटन राज्यमा ३९, विसकन्सिमा १ र टेक्सासमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।न्युयोर्कमा कोरोना संक्रमित वकिलसँग सम्पर्कमा आएका कारण अरु ९ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वकिल, उनको परिवार, छिमेकी र वकिलसँगको सम्पर्कमा आएको परिवारसँग सम्पर्कमा आएका झण्डै १ हजार जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ ।

न्यु रोशेलमा संक्रमित परिवारसमेत सामेल यहुदीहरुको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका दर्जनौं, वकिलको ल फर्ममा काम गर्ने सातजना कामदार र एकजना इन्टर्नर प्रेस्बेटेरियन अस्पतालमा ८ जना कर्मचारीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको हो ।ती वकिलले काममा जाँदा आउँदा मेट्रो नर्थ ट्रेन प्रयोग गर्ने गरेको जनाइएको छ । त्यतीबेला ट्रेनमा चढेकाहरुमाथि पनि संक्रमणको आशंका गरिएको छ ।

Related Articles

Back to top button
Close